You are viewing the translated version of बोर्डको कोष.

Section 21
बोर्डको कोष
(१) बोर्डको एउटा छुट्टै कोष रहनेछ ।
(२) उपदफा (१) बमोजिमको कोषमा देहायका रकमहरू रहनेछन्‌:-
(क) नेपाल सरकारबाट प्राप्त रकम,
(ख) बोर्ड मार्फत्‌ विज्ञापन वितरण गर्न नेपाल सरकारले छुट्याएको कुल
बजेटको तीन प्रतिशत रकम, तर विज्ञापन वितरणमा खर्च हुन नसकेको रकमबाट त्यस्तो रकम कट्टा गर्न पाइने छैन।
(३) बोर्डको कोषको रकम कुनै वाणिज्य बैङ्कमा खाता खोली जम्मा गरिनेछ ।
(४) बोर्डको सबै खर्चहरू उपदफा (१) बमोजिमको कोषबाट व्यहोरिनेछ ।
(५) नेपाल सरकार वा सरकारी निकायबाट कोषमा विज्ञापनको लागि प्राप्त रकममध्ये विज्ञापनको लागि खर्च भई प्रत्येक आर्थिक वर्षको अन्त्यमा कोषमा बचत भएको रकम नेपाल सरकारले प्रचलित कानून बमोजिम खर्च गर्न सक्नेछ ।
(६) बोर्डको कोष र खाताको सञ्चालन तोकिए बमोजिम हुनेछ ।